उपचुनाव : १७ पद जितेको कांग्रेसलाई धक्का, माओवादी ११ पदसहित...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ ।
विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले जनाएको छ ।
सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को लागि जेठ १५ गते घोषणा गरेको बजेटमा आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । यसैलाई लिएर व्यवसायीले आयात रोकेपछि अहिले बजारमा प्याजको भाउ महंगो भएको छ । पहिला किलोको ३५ पर्ने प्याज अहिले बजारमा एक सय रुपैयाँ पुगेको छ । बजारमा आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि अनुगमन समेत थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lalmani Gautam
June 17, 2023, 11:53 a.m.मकाेलाे बजारियाहरु जेजतिछन् सबैलाइ कारागार पठाउनु पर्छ।