लगातार ४ दिन बढेकाे शेयर बजार आज घट्याे, काराेबार रकममा पन...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गर्न लागिएको नेताहरुको दाबी छ ।
समाजवादी मोर्चा बनेपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति हुनेछ । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुने या नहुने टुङ्गो लागेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हरि पी सापकाेटा
June 19, 2023, 2:57 p.m.नवगठित समाजवादी माेर्चाले देश र जनताकाे हितमा काम गरे मात्र टिक्छ नत्र दलगत स्वार्थले गर्दा फेरी फुट्रन सुरू ह्रन्छ। हामी निरह जनताले राेकथाम गर्न सक्दैनाै ।शुभकामना