इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - पूर्वी पहाडी जिल्लाका सांसद, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले प्राकृतिक प्रकोपको खतरा अहिले पनि कायमै रहेकाले उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न माग गरेका हुन्।
ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन उनीहरुको आग्रह गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभयो । बाढी पहिरोले पुर्याएको क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यातायात सम्पर्क टुटेको ठाउँमा बेलिब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो । उहाँले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने पनि बताउनुभयो ।
बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वमन्त्री एवं एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू बालुवाटार पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।