बर्दियाको पर्यटन प्रवर्धनका लागि पोखरा र काठमाण्डौमा कार्यक्रम सम्पन्न

 असार ४, २०८० सोमबार १४:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्दियाको पर्यटन प्रवर्धनका लागि पर्यटन व्यवसायी र अभियन्ताले पोखरा र काठमाण्डौमा प्रचार कार्यक्रम गरेका छन् । होटल सङ्घ नेपाल बर्दिया च्याप्टर, पर्या पर्यटन विकास मञ्च, प्रकृति पथप्रदर्शक सङ्घ  र व्यवसायीको टोलीले पोखरा र काठमाण्डौमा विभिन्न कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका पर्यटक गाइडले खिचेका फोटाे र भिडियो प्रदर्शन गरिएको छ । यस्तै गाइडका अनुभव पनि सुनाइएको होटल सङ्घ नेपाल बर्दिया च्याप्टरका अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिनुभयो । उहाँले बर्दिया नेपालकै सुन्दर पर्यटकीय गन्तव्य हुँदा हुँदै पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै राष्ट्रिय/अन्तर्राष्ट्रिय समुदायलाई बर्दिया ‘बाघको भूमि’ भन्ने सन्देश दिन कार्यक्रम गरेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डमा आइतवार भएको कार्यक्रममा होटल सङ्घ नेपाल (हान) का केन्द्रीय अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलगायतको सहभागिता थियो ।

यस्तै बर्दिया घुमिरहने आन्तरिक पर्यटक उमङ्गजङ्ग थापा, लामो समयदेखि फ्रान्सका पर्यटकलाई गाइड गर्दै आउनुभएका सुनिल तण्डुकार र सन् १९९६ देखि बर्दियाको पर्यटनसँग जोडिएका मेघ आलेले आफ्ना अनुभव सुनाउनुभएको छ । कार्यक्रममा सहभागी हुन पर्यटन व्यवसायी तथा गाइडहरू राजन चौधरी, कृष्ण भट्टराई, रेशम थापा, पवन थापा, सुशीला महतरा, श्रीधर पोख्रेल, सितारामी चौधरी, कृष्ण शाह, भवानी कँडेल, राम खड्का, विशाल विक, राम शाही, उमेश केसी र शंकर भट्टराई पोखरा र काठमाण्डौ पुग्नुभएको हो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया