बहाल कर सङ्कलनको समस्या हटाउन सङ्घीय सरकारलाई काठमाण्डौ महानगरको आग्रह

 असार ५, २०८० मंगलबार ६:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।

संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो ।

बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो । पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया