डीएसपीकाे नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

 असार ५, २०८० मंगलबार १०:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयकाे नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेकाे छ ।

गएकाे शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् (डीएसपी) पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे ।

यसअघि गएकाे जेठ २१ गते सीमा क्षेत्रकाे वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः शनिवार दोस्रो चोटि त्यहाँ पुगेकाे हाे । डीएसपी पाण्डेयले व्यास गाउँपालिका–१ तिङ्कर भञ्ज्याङमा रहेकाे १ नम्बर सीमा स्तम्भलगायत क्षेत्रको सुरक्षा स्थितिको जानकारी लिनुका साथै समयानुकूल गस्ती गर्न प्रहरीलाई निर्देशन दिनुभएकाे प्रहरीले जनाएको छ ।

डीएसपी पाण्डेयले प्रहरी चौकी सीतापुलको निर्माणाधीन भवन र इलाका प्रहरी कार्यालय तिङ्करको पनि अनुगमन, निरीक्षण गर्नुभएकाे बताइएको छ । १ नम्बर पिल्लर क्षेत्रमा अहिले बाक्लो हिँउका कारण नियमित गस्ती गर्न सकिने अवस्था नरहेको प्रहरी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया