सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही अदालतमा लामिछानेको थुन...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।
आज मङ्गलवार बिहान बसेकाे समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो । धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किँदै गएपछि यस सम्बन्धमा छलफल गर्न सङ्घीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।
समितिले गएको जेठ २९ गते नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ४३ वटा कम्पनीलाई आशयपत्र र १८ वटा कम्पनीलाई लाइसेन्स नै दिइसकेको अवस्थामा संसदीय समितिले त्यसलाई रोक्न भनेपछि अन्योल भएको थियो । नयाँ ब्रोकर एसोसिएशनले असन्तुष्टि जनाउँदै अर्थ समितिलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
धितोपत्र बोर्डबाट लाइसेन्स पाइसकेपछि नेपाल स्टक एक्सचेन्जबाट ब्रोकर सदस्यता लिनुपर्छ । सदस्यता लिएपछि मात्र आधिकारिक कारोबार गर्न पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।