युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज २६ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ ।
लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ६८ वटा कम्पनीका एक करोड सात लाख ९२ हजार कित्ता शेयर चार अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै निफ्राको २० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सिटी होटल, वीपीडब्ल्यू लघुवित्त र इङ्वाखोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।