अमेरिकाले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, करणले लिए ४ विकेट

 असार ५, २०८० मंगलबार १६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ ।

नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।

अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • anonymus

    June 20, 2023, 4:36 p.m.

    Nepal le liyo 208 ko laxya vanera halnu na news ani balla ramro sununxa.

  •  0 Reply

तपाईको प्रतिक्रिया