भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – किर्गिस्तानमा भइरहेकाे काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्केमिनिस्तानसँग पराजित भएको छ ।
लिग चरणको चौथो खेलमा नेपाल आज बिहीवार तुर्केमिनिस्तानसँग ४–१ को सेटमा पराजित भयो । पहिलाे सेट तुर्केमिनिस्तानले २५–१८ ले जित्दा नेपालले दाेस्रो सेट २५–२३ ले जित्याे । तर त्यसपछि तेस्राे र चाैथाे सेट २६–२४ र २४–२० जित्दै तुर्केमिनस्तानले नेपाललाई ३–१ ले हरायाे ।
प्रतियाेगितामा नेपालको यो लगातार चौथो हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तान र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो ।
अब नेपालले भोलि शुक्रवार किर्गिस्तानको दोस्रो टोली तथा आइतवार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।