सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ क...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – 'आईएमई ग्रुप' अन्तर्गतका केबलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन् ।
हिजो बिहीवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीन वटै केबलकार कम्पनीहरूले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारका साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्र्तगत भएको यो सम्झौता बमोजिम छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सन पट्टा तथा आश्रित परिवारले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेँल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।