काठमाण्डौबाट भारतकाे राजस्थानका लागि छुटेको बस गल्छीमा दुर्घटना, एक जनाकाे ज्यान गयाे

 असार ८, २०८० शुक्रबार ११:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् । 

आज शुक्रवार बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनामा १२ वर्षकी भारतीय एक बालिकाको ज्यान गएको छ भने घाइते भएका १९ जनाको गल्छीमा उपचार भइरहेको छ । 

बस दुर्घटनापछि बिहान केहीबेर सडक बन्द भएको थियो । अहिले भने सामान्यरूपमा गाडी चलिरहेकाे प्रहरीले जनाएको छ । दुर्घटना भएकाे बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तस्बिर : ढकाल कबुकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया