यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको ‘प्राइड सोसियल इभेन्ट’ सम्पन्न

 असार ११, २०८० सोमबार ७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मितिनी नेपाल

काठमाण्डाै - यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि काम गर्दै आएको संस्था ‘मितिनी नेपाल’ले हिजो काठमाण्डौमा ‘प्राइड सोसियल इभेन्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।

यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले जुन महिनालाई गौरवको महिनाकोरुपमा विश्वभर मनाउँदै आएका छन् । 

कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी घलानले समुदायको आन्दोलन सुरु भएको धेरै वर्ष भइसकेको र समुदायभित्र र बाहिरका सबै एक ठाउँमा उपस्थित हुन आवश्यक रहेकाे बताउनु भयाे। यस्तै, महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले विवाहको अधिकार कुनै पुरुष, महिला वा अन्यको नभइ मानवअधिकार भएकाे बताउनु भयाे । 

उहाँले सन् १९४८ मा नै मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रले विवाहको अधिकार मानवअधिकार भने पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक  समुदायले अझै यो अधिकार नपाएका कारण मितिनी नेपाल र महिला कानुन र विकास मञ्चले वैवाहिक समानताका लागि मुद्दा हालेको बताउनु भयो । कार्यक्रममा ड्रयागन शो, नाटक, स्ट्याण्डअप कमेडीमेत आयोजना गरिएको थियो । 

सन् १९६९ मा अमेरिकाको न्युयोर्कमा रहेको एउटा बारमा समलिङ्गीहरुको (गेहरुको) जमघटमा प्रहरीले गरेको क्रुरताविरुद्धको आन्दोलनमा मारिनेहरुको सम्झनामा जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरिन्छ । नेपालमा भने भदौ महिनामा गाईजात्राको दिनमा यौनिक तथा अल्पसङ्ख्यक समुदायले परेडमार्फत् विशेष उपस्थिति जनाउँदै आएका छन् ।

नेपाल यौनिक तथा अल्पसङ्ख्यक समुदायको अधिकारलाई संविधानमै सम्बोधन गर्ने विश्वको चौथो तथा दक्षिण एसियाको पहिलो देश हो । नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ मा यौनिक तथा अल्पसङ्ख्यक समुदायको पहिचान सहितको नागरिकता, समानताको हक र सामाजिक न्यायको हक प्रदान गरेको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया