'वानएक्स बेट' को प्रचार गर्ने थप एक जना युट्युबर पक्राउ

 असार ११, २०८० सोमबार ८:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत् सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा थप एक जना युट्युबर पक्राउ परेका छन् । 

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोक, तेमाल–८ घर भइ काठमाण्डाैको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भनिने युट्युबर राजकुमार तमाङलाई पक्राउ गरेकाे हाे।

तामाङलाई एपमार्फत् खेलहरु खेलाउनका लागि युट्युब च्यानलमार्फत् वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिइ विज्ञापन गरी नागरिकलाई सट्टाबाजी गर्न/गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेकाे आराेपमा पक्राउ गरिएको हो । 

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले तामाङलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि हिजाे आइतवार जिल्ला प्रहरी परिसर, काठमाण्डाै पठाइएको जानकारी दिनुभयाे ।

यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत् सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया