सभापति कप फुटबल प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा चर्च ब्वाइ...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - काभ्रेपलाञ्चोकका ६ वटा पालिकाका खानेपानी आयाेजनाकाे पानी दूषित भएकाे पाइएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले झण्डै दुई हप्ताको अवधिमा गरेको परीक्षणमा ६ पालिकाका खानेपानी आयोजनाकाे पानी दूषित भएको पाइएकाे हाे । परीक्षणले काभ्रेमा ५० प्रतिशत खानेपानी दूषित भएको भेटिएकाे छ ।
धुलिखेल, बनेपा, पनौती, पाँचखाल, भुम्लुलगायतका ठाउँमा खानेपानीकाे नमुना परीक्षण गर्दा पानीजन्य रोगको जोखिम पुष्टि भएको हो । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु ( फेइकल कोलिफर्म–इकोली) भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पुरुषोत्तम सेढाईँले बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरीत पानीमा दिसाजन्य किटाणु भेटिएको हो ।
अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ । कतिपय ठाउँमा जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उहाँँले बताउनुभयो । खानेपानी दूषित भएकाले झाडापखाला, हैजा जस्ता सरुवा रोगको जोखिम बढेकाले सचेत रहन उहाँको आग्रह छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उहाँको सुझाव छ ।
जिल्ला स्वास्थ्य कार्यालयले पखाला लागे, दिसामा रगत देखिए, तारन्तार वान्ता भए, उच्च मात्रामा ज्वरो आए तुरुन्तै स्वास्थ्य संस्थामा उपचारका लागि जान समेत अपिल गरेको छ । काभ्रेपलाञ्चोकमा १३ वटा पालिका रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।