कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न काठमाण्डाै महानगरको निर्देशन

 असार १२, २०८० मंगलबार ८:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले आउँदाे शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले सूचना निकालेर सबै निजी विद्यालयलाई यही असार मसान्तसम्म कुन-कुन शीर्षकमा कति शुल्क लिने हो त्यो विवरण पेस गर्न भनेको हो । महानगरमा अहिले पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई यही असार मसान्तभित्र विवरण पेस गर्न निर्देशनसहित पत्राचार गरेको महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।

निजी विद्यालयले जथाभाबी शुल्क लिएको गुनासो बढेकाले शुल्कको विवरण पेस गर्न महानगरले निर्देशन दिएको हो । तोकिएको समयसीमामा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।  

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया