पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मङ्गलवार विश्वकप २०२३ को तालिका सार्वजनिक गरेको हाे ।
विश्वकप अक्टाेबर ५ मा सुरु हुनेछ र फाइनल खेल नाेभेम्बर १९ मा अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा हुनेछ । ४६ दिनसम्म चल्ने प्रतियाेगिताका खेलहरू १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलाेर, मुम्बई र काेलकातामा खेलहरू हुनेछन् ।
विश्वकपमा १० टाेली सहभागी हुनेछन् । जसमा आठ वटा टाेलीकाे घाेषणा पहिले नै भइसकेकाे छ । बाँकी दुई वटा टाेलीका लागि अहिले छनाेट खेल चलिरहेकाे छ ।
राउन्ड राेबिन फर्म्याटकाे आधारमा हुने प्रतियाेगितामा सबै टाेलीले एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टाेली नकआउट स्टेज र सेमिफाइनलका लागि छनाेट हुनेछन् ।
अक्टाेबर ५ मा इङ्ग्ल्यान्ड र न्युजिल्यान्डले खेल्दै प्रतियाेगिताकाे उद्घाटन हुनेछ । प्रतियाेगितामा विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तानबीचकाे खेल अक्टाेबर १५ मा अहमदाबादकाे नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।