अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिस...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा श्रीलङ्काले स्कटल्यान्डलाई ८२ रनले हराएकाे छ ।
श्रीलङ्काले दिएकाे २ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे स्कटल्यान्ड २९ ओभरमा १ सय ६३ रनमा अलआउट भयाे । स्कटल्यान्डका क्रिस ग्रिभ्सले नटआउट ५६ र क्रिस्टाेफर म्याकब्राइडले २९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए ।
यसअघि हरारेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४५ रनमा अलआउट भयाे । श्रीलङ्काका पथुम निसांकाले ७५, चरिथ असलङ्काले ६३ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस ग्रिभ्सले ४, मार्क वाटले ३ र क्रिस साेलले २ विकेट लिए ।
याे जितसँगै श्रीलङ्का समूह 'बी' बाट अपराजित रहँदै 'सुपर सिक्स' मा पुगेको छ । यही समूहबाट स्कटल्यान्ड र ओमान 'सुपर सिक्स' मा पुगेका छन् ।
समूह 'ए' बाट जिम्बावे, नेदरल्यान्ड्स र वेस्ट इन्डिज 'सुपर सिक्स' मा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।