रातो आलु, लोकल बन्दा, काउली, ब्रोकाउलीलगायतको भाउ ५० रुपैया...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – कृषिविज्ञहरूले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । विज्ञहरूले देशमा 'सेन्टर अफ एक्सलेन्स' को रूपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाई कृषिमा क्रान्ति गर्न नसकेको उनीहरूको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्ररूपमा क्रान्ति गरेको बताए ।
बुधवार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कृषि इन्स्टिट्युशन हरेक देशमा मैले देखेको छु । सेन्टर अफ एक्सलेन्सको रूपमा इन्स्टिट्युशनहरू जहाँ छन् त्यहाँ उनीहरूले कृषिमा कसरी प्रगति गरेका कुरा मैले देखेको छु । नेपालमा एउटा कृषि अनुसन्धानको सेन्टर फर एक्सलेन्स जस्तै एउटा इन्स्टिट्युट हुनुपर्छ । त्यो नभएसम्म र त्यसले काम गर्न नपाएसम्म देशको कृषिको विकास हुन सक्दैन ।’
पूर्वकार्यकारी निर्देशक उहाँले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गर्नुभयो । उहाँले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘रिसर्च कुन अवस्थामा गइरहेको छ ? निकट भविष्यमा अनुसन्धान डाई नै हुने हो ? यो गम्भीर कुरा छ । आजसम्म किन नार्क राम्रो भएन ? किन विवादमा आइरहन्छ ? अटोनोमस चाहिन्छ नार्कमा यो मान्छु म । कुनै बेला म मान्दिनँ थिएँ । अब आउने नीतिमा यसमा अझै ठूलाे सङ्घर्ष गर्नुपर्ने हुन्छ ।’
अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।