दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

 असार २०, २०८० बुधबार २०:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय महाेत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै आज बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

यसैबीच रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामकाे नापजाँचपछि सेवाग्राहीसँग घुस मागेको र सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई अख्तियारले पक्राउ गरेको हो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया