आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले सडकमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटकाे सिसडाेल र धादिङकाे धुनीबेसीका बासिन्दाले केही दिनअघिदेखि दुर्गन्ध फैलिएको भन्दै फोहर फाल्न अवरोध गरेपछि काठमाण्डाै उपत्यकाका ठाउँठाउँमा फाेहर थुप्रिएकाे थियाे ।
महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा हिजाे शुक्रवारदेखि फोहर पुर्याउन थालेको हो । महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले हिजाेदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेकाले काठमाण्डाै उपत्यकाको सडकमा थुप्रिएका फोहर एक/दुई दिनभित्रै उठाइसक्ने बताउनु भयाे ।
बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि फोहर व्यवस्थापनको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्ड साइटसम्म पुर्याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।