आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचार काण्डका दोषीहरूलाई सरकारले निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाण्डाैमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्नहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुु भयो, ‘अहिलेका यी भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहियोस् । नजन्मिउन् तिनीहरू । पार्टीभित्र नै यसमा बहस शुरु हुनुपर्याे ।’
महासचिव भुसालले देशबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गर्नुभयो ।
भुसालले लाेकप्रियताका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताउनुभयो । त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिस्टहरूले त्यो बाटो लिन नहुने उहाँको तर्क थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।