कीर्तिपुरमा क्रिकेट उत्सव : रुखमा चढेर खेल हेर्दै दर्शक (फोटो ...
मंसिर १५, २०८१ शनिबार
चीनको हउटुवान गाउँ कुनै समय माझि बस्तीको रुपमा परिचित थियो ।
शेङशन आइल्याण्डमा रहेको त्यो गाउँ अहिले प्रकृतिले नै कब्जा गरेको छ । ‘भूत गाउँ’को रुपमा परिचित त्यो गाउँ सन् १९९० देखि प्रकृति आफैले सिंगारेको छ । सन् १९९० पछि त्यहाँका नागरिक खानाको अभाव हुनथालेपछि गाउँ छाडेर शहर पसेका थिए । त्यो गाउँ चीनको संघाइ प्रान्तमा पर्छ ।
अहिले केही नागरिक मात्र त्यहाँ बस्ने गरेका छन् । सन् १९९० भन्दा पहिले त्यहाँ झण्डै २००० माझिहरुको बसोबास थियो ।
त्यो सबै गाउँ प्रकृतिले कब्जा गर्न नसक्नुको कारण अरु केही नभएर पर्यटकहरुको आगमन नै रहेको छ । त्यो गाउँ हेर्नकै लागि ठूलो संख्यामा पर्यटकहरु त्यहाँ जाने गरेका छन् ।
हाउटुवान सन् १९५० मा स्थापना भएको र १० वर्षकै समयमा समुन्द्रकै कारण समृद्ध भएको थियो ।
माछा मार्नका लागि बनाइएको जहाज वा डुंगा राख्ने ठाउँ साँगुरो भएकै कारण त्यहाँबाट डुंगा र जहाजहरु अन्तै लैजानुपर्ने भएको थियो । त्यसपछि त्यहाँका माझिहरुको बसोबास पनि सरेको थियो ।
अहिले त्यहाँ घरहरु रहे पनि ती घरहरुलाई प्रकृतिले आफ्नै तरिकाले सिंगारेको छ । घरमा बोटबिरुवा तथा लहराहरु झाँगिएका छन् ।
चीनमा आएको आर्थिक र सामाजिक परिवर्तनसँगै हाउटुवान जस्ता धेरै गाउँहरु लोप भएको बताइएको छ ।
–एजेन्सीकाे सहयाेगमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dasarath upadhayay
June 10, 2018, 7:35 a.m.बास्तबमा नेपालमा कानुनी राज्यको पालना हुन अवस्य आबश्यक छ/