एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’ अफर

 साउन १५, २०८० सोमबार ११:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ अफर ल्याएकाे छ । याे अफर अन्तर्गत ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ। 

ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार  ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाविना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउने छन् । 

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ । 

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि  याे अफर उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्नेछन्।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नरकाजि

    July 31, 2023, 7:17 p.m.

    राम्रो

  •  0 Reply

तपाईको प्रतिक्रिया