खोटाङको दिप्रुङ गाउँपालिकाले ५७ जना करार कर्मचारीलाई प्रोत्साहन रकमसहित बिदाइ गर्ने

 साउन १६, २०८० मंगलबार ९:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५७ कर्मचारीको करार अवधि थप नगर्ने भएकाे छ । 

गाउँपालिकाको सोमवार हिजाे बसेको २५औँ कार्यपालिका बैठकले पुनर्ताजगीका लागि भन्दै करारका जम्मा ६५ कर्मचारीमध्ये ५७ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको हो ।

करारमा काम गरिरहेका तीन जना छैटाैँ अधिकृत, चार जना पाँचौँ तह, कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेरिनरीका पाँच र अन्य करारका कर्मचारीको करार अवधि नवीकरण नगर्ने निर्णय गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । 

कतिपय जनप्रतिनिधिले निर्वाचित भए लगत्तै करारका कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारी नियुक्त गरेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख रुपैयाँ उपदान र अन्य करारका कर्मचारीलाई एक महिना १५ दिनको तलब बराबरको सुविधा दिएर स–सम्मान बिदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बुलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको गाडी चालक र व्याकहोलोडरको अपरेटरको मात्र करार अवधि नवीकरण गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले रिक्त ठाउँमा करारका नयाँ कर्मचारी भर्ना गर्नका लागि विज्ञापन खुलाउने निर्णय गरेको छ ।

परीक्षाका माध्यमबाट पुरानै कर्मचारी पनि पुन: सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया