कार्यपालिका सदस्यको निधनमा सन्धिखर्कमा शोक बिदा

 साउन १७, २०८० बुधबार २०:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधनमा पालिकाले शाेक बिदा दिएकाे छ ।

सन्धिखर्क नगरपालिका–१० गच्छेगैराकी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधवार निधन भएको हो । रानाभाटकाे निधनमा भाेलि बिहीवार एक दिनका लागि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । 

सन्धिखर्कभित्रका वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द गरी शोक मनाइने निर्णय भएकाे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । भोलि बिहान १० बजे नगरपालिकाको कार्यालयमा शोकसभाको समेत आयोजना गरेको पालिकाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया