बिजुली बजारमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल

 साउन १८, २०८० बिहीबार १५:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे बिजुली बजारमा आन्दोलनरत सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर बसेका सहकारी पीडित प्रदर्शन गर्दै बिजुली बजार पुगेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

सहकारी पीडित सडकमा भेला भएर सडक बन्द गरेपछि प्रहरीले हटाउन खोजेको थियो । निक्षेपको साँवा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया