मधेसमा पनि मनसुनी वायुको प्रभाव पर्दै : भोलि पानी पर्ने सम्भावना

 साउन १९, २०८० शुक्रबार ७:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यसपालिको मनसुनमा अहिलेसम्म मधेस प्रदेशका धेरै ठाउँमा पानी परेको छैन । यसले गर्दा तराई मधेसका जिल्लामा सुक्खा छ ।

पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी पर्न सकेको छैन । तर भोलि शनिवार भने तराई/मधेसमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार तराई/मधेसका जिल्लामा बिस्तारै मनसुनी प्रणालीको प्रभाव पर्न थालेको छ । भोलि केही ठाउँमा हल्कादेखि मध्यम तथा एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाका केही ठाउँमा भने आज शुक्रवार पनि ठूलो वर्षाको सम्भावना छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया