दोलखामा पहिरो : ३ वर्षका बालकको ज्यान गयो, ३ जना बेपत्ता

 साउन १९, २०८० शुक्रबार ११:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – दोलखामा पहिरोमा परेर तीन वर्षका बालकको ज्यान गएको छ । पहिराेमा परेर तीन जना बेपत्ता भएका छन् भने अरू तीनजना घाइते भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो खस्दा तीन वर्षीय प्रिन्स थामीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ ।

बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया