बाग्लुङ : पहिराेका कारण बन्द सालझण्डी–ढोरपाटन सडक खण्ड सञ्चालनमा

 साउन १९, २०८० शुक्रबार १६:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ - पहिराेका कारण अवरुद्ध भएको बाग्लुङकाे सालझण्डी–ढोरपाटन सडक खण्ड २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीवार हिजाे दिउँसोदेखि अवरुद्ध भएको याे सडक खण्ड २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो । 

राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिराे खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगायतका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाण्डौ, बुटवल जाने गाडी बीच बाटाेमा राेकिएका थिए । 

सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै गाडी गन्तव्यतिर लागेका कायतले बताउनुभयो । बिहीवार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठूलो पहिराेका कारण खुलाउन नसकिएको उहाँले बताउनु भयाे । 

आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उहाँले बताउनु भयाे । 'हिजो वर्षाले गर्दा खुलाउन सकिएन, पहिरो पनि निकै ठूलो खसेको थियो, आज पनि बिहानैदेखि डोजर लगाएर काम गर्‍यौँ, अहिले सडक खुलेको छ', उहाँले भन्नुभयो, 'अहिले बाटो खुलेर गाडी सञ्चालन भइरहेका छन् ।'

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया