भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी हुँदै

 साउन २०, २०८० शनिबार ७:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : दैनिक जागरण

काठमाण्डाै – भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।

तस्बिर : पीटीआई

पहिरोमा १६ जना नेपाली बेपत्ता भएको अनुमान गरे पनि यकिन संख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बेपत्ता हुनेको यकिन संख्या र विवरण प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।

पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार बेपत्ता भएकालाई खोज्ने काम भैरहे पनि नदीमा पानीकाे सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया