कीर्तिमानी पर्वतारोही हरिला र तेन्जेनलाई त्रिभुवन विमानस्थलमा स्वागत

 साउन २०, २०८० शनिबार १०:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।  

नर्वेकी क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले गएको साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उहाँहरुलाई आज बिहान विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्वागत गर्नुभयो ।

कीर्तिमानी आरोहीको स्वागत तथा सम्मानमा सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीले विमानस्थलमा सांस्कृतिक बाजागाजासहित भव्य स्वागत गरेका हुन् । पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहणसँगै हरिला र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामा सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो ।

यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा आरोहण गर्नुभएको थियो ।  हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बन्नुभएको थियो ।  हरिला र तेन्जेनले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसक्नुभएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया