‍नागढुङ्गा सुरुङमार्गको उद्धार सुरुङ आज छिचोलिँदै

 साउन २२, २०८० सोमबार ६:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नागढुङ्गा सुरुङमार्गको रेस्क्यु सुरुङ अर्थात् उद्धार सुरुङ आज छिचोलिने भएको छ । आज दिउँसो खनिसकेर सुरुङ छिचोलिने अर्थात् ब्रेक थ्रु हुन लागेको हो ।

रेस्क्यु सुरुङ अब एक मिटरमात्र खन्न बाँकी रहेको सडक विभागको विकास सहायता समन्वय महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेल छिचोलिने छ ।

सुरुङ मार्गमा धादिङ तर्फबाट प्रवेश गरेर काठमाण्डौतर्फ निस्कने कार्यक्रम छ । विसं २०७६ साल कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया