अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – आँखा पाक्ने समस्या बढ्दै गएपछि कास्कीको पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी आजदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुुभयो ।
विद्यार्थीलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचना मूलक सन्देश सम्प्रेषण गर्न पनि महानगरले अनुरोध गरेको छ ।
देशैभर आँखा पाक्ने समस्या बढ्दो छ । सङक्रमण देखिए पछि पोखरासहित अरु कतिपय पालिकाले विद्यालय बन्द गरेका छन् ।
आँखा पाक्ने समस्या हुँदा आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एक आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् ।
हरेक वर्षायाममा आँखा पाक्ने समस्या देखिने गरे पनि यस पटक प्रकोपकै रूपमा फैलिरहेको हो । समस्या देखिएका बिरामीलाई नआत्तिन, अस्पताल जान र सावधानी अपनाउन डाक्टरको सल्लाह छ।
सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले पनि नियमित साबुनपानीले हात धुन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।