एमालेका सांसदले आज पनि संसद् चल्न दिएनन्

 साउन २९, २०८० सोमबार १५:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका सांसदले आज साेमवार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेर यही साउनको ९ गतेदेखि एमालेका सांसदले संसद् चल्न दिएका छैनन् ।

आज पनि एमालेका सांसदले नाराबाजी गरेर बैठक चल्न नदिएका हुन् । बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाउनुभएको छ । उहाँको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका छन् ।

एमालेका सांसदले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आउँदो भदौ ३ गते आइतवारसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया