पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – पेरिस सेन्ट–जर्मेइन (पीएसजी) मा रहेका ब्राजिलका फरवार्ड नेयमार साउदी प्रो लिग क्लब अल–हिलालमा जाने पक्का भएको छ । पीएसजीले नेयमारलाई ९० मिलियन अर्थात् नौ करोड युरोमा अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नेयमार अल हिलाल जाने पक्का भएको बीबीसीले जनाएको छ ।
नेयमारले अल हिलालमा हरेक वर्ष १ सय २९ दशमलव ४ मिलियन युरो अर्थात् १२ करोड नौ लाख युरोभन्दा धेरै पारिश्रमिक पाउनेछन् । यो रकम अहिले पीएसजीमा पाएको भन्दा ६ गुणा धेरै हो । नेपालीमा यो रकम १८ अर्ब ८७ करोड रुपैयाँ हुन आउँछ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका थिए ।
अब नेयमारले स्वास्थ्य जाँचसहितका अन्य कागजी प्रक्रिया पूरा गरेर ४८ घण्टाभित्रै अल–हिलालसँग सम्झौता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।