मुगु जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्यो

 साउन ३०, २०८० मंगलबार १२:५६:४४ | रासस
unn.prixa.net

फाइल तस्बिर

मुगु - मुगुमा भएकाे जीप दुर्घटनामा थप एक जनाकाे ज्यान गएकाे छ । याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेकाे छ। 

दुर्घटनामा परि घाइते हुनुभएका सोरु गाउँपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै ज्यान गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिनुभयो । घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परि हुम्ला सर्केगाड-२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पीयूष परियारको  ज्यान गइसकेकाे छ । 

साथै दुर्घटनामा परि घाइते सोरु-७ का चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही सोरु-६ का सेरे रोकाया र हुम्ला सिमिकोट-२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ । 

सोमवार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया