‘एनसेल ईपीएल लिग’ : नतिजा पूर्वानुमान गरेर ‘ग्रान्ड प्राइज’ जित्ने मौका

 साउन ३१, २०८० बुधबार २०:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले अहिले सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ ।

प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार अर्थात् ‘ग्रान्ड प्राइज’ जित्ने मौका पाउँछन् । 

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् ।

ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जसबाट १० अङ्क सङ्कलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ । 

पहिलो तथा मुख्य पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना दुई सय ५० जीबी डेटा सेवा पाउनेछन् ।

दोस्रो पुरस्कार विजेताले भने छ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना दुई सय ५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसै गरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना दुई ५० जीबी डेटा तीन महिनासम्म पाउनेछ ।

साथै विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ ।

यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया