एनपीएलमा जनकपुर बाेल्ट्सको लगातार दोस्रो जीत, कर्णाली याक्सलाई...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले डेङ्गी सङ्क्रमण फेलिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बुधवार आयोगले विज्ञप्ति निकालेर देशव्यापीरूपमा फैलिँदै गइरहेको डेङ्गी सङ्क्रमणका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा पर्न गएको असरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्क्रमणले महामारीको रूप लिन सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा डेङ्गी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियानमा पर्याप्त जनशक्ति परिचालन गर्ने काममा तीन वटै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख छ । आयोगले डेङ्गी नियन्त्रण र रोकथामका लागि सरसफाइ, जनचेतनालगायतका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र पालिका सरकारलाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।