आज काठमाण्डौका विभिन्न ठाउँमा ५ घण्टा बिजुली नआउने

 भदौ २, २०८० शनिबार ८:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् आपूर्ति ५ घण्टा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति नहुने भएको हो ।

बाफल, बुडाथोकी कोल्डस्टोर, सिबिल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्र, त्यस्तै, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड क्षेत्रमा पनि विद्युत् अवरूद्ध हुनेछ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुनेछ ।

त्यस्तै, दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअगाडि नै काम सम्पन्न भए बिजुली नियमित हुने पनि जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया