इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आज श्रावण शुक्ल तृतीयाका दिन बराह जयन्ती मनाइँदैछ । जलमा डुबेकी पृथ्वीलाई विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा बराह जयन्ती मनाउने गरिन्छ ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरूपी विष्णुले उद्धार गर्ने वैदिक ग्रन्थमा उल्लेख छ । विष्णुका विभिन्न दश अवतार रहेको धार्मिक मान्यता छ ।
मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिइ असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।
आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रहेका बराह/बाराही मन्दिरमा भिड लाग्ने गर्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।