इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ ।
मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो ।
डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इञ्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, ‘केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो । ढुङ्गामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ ।’
सञ्चालनमा आए पनि त्यस सडकखण्डको यात्रा भने जोमिखपूर्ण बन्दै गएको छ । जीर्ण सडकमा दैनिकजसो धेरै ठाउँमा पहिरो जाने क्रम रोकिएको छैन ।
कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो ।
बीचमा निर्माणको काम रोकिएकोमा २०५७ सालदेखि देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो ।
सेनाको कार्यगणले २०६९ सालमा निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई सडक हस्तान्तरण गरेको थियो ।
झण्डै ६५ किलोमिटरको सडकमा ३५ किलोमिटर लमजुङतर्फ र ३० किलोमिटर मनाङतर्फ पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।