अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज चुनाव
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा साम्प्रदायिक हिँसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले विज्ञप्ति निकालेर साम्प्रदायिक हिँसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
आयोगले स्थानीय सरोकारवालाहरूलाई सामाजिक सद्भाव कायम राख्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्नसमेत आग्रह पनि गरेको छ ।
आयोगका सहसचिव टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा संविधानको प्रस्तावनामै विविधताका बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षणको विषय उल्लेख रहेको भन्दै मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा विभिन्न महासन्धिका व्यवस्थाबमोजिम समेत सामाजिक सद्भाव कायम राख्नु सबैको दायित्व भएको स्मरण गराइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।