त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागे

 भदौ १३, २०८० बुधबार १३:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । ६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् ।

विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ । कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न आफूहरूमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।

२४ सै घण्टा सार्वजनिक बिदाका दिनहरूमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई कानुनअनुसार काम गर्दा पनि विभिन्न निकायबाट दुःख दिइएको,अनावश्यक शङ्का गरेको र यात्रु शाखामा यात्रुबाट दुर्व्यवहार र अपशब्द भोग्नु परेको उनीहरूको गुनासो छ । 'ब्रेक शु' मा लुकाएर सुन तस्करी गरिएको प्रकरणपछि आफूहरूलाई विनाकारण दुःख दिइएको उनीहरूको आरोप छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रमेश दहाल

    Aug. 30, 2023, 2:55 p.m.

    विभिन्न बाहानामा सरुवा माग्ने कर्मचारी लाई सरुवा होइन निलम्बन गर्न सक्नुपर्छ सुसाशन र भ्रस्टाचार मुक्त नेपाल बनाउन गफ लगाउने सरकारले।राजनैतिक दलका झोले र नेता भन्दा अझै माथी पुगेर भ्रष्टाचारको छनबिन गर्न मिल्दैन भन्ने जनताका सेबक हुन सक्दैनन।यो त चोरको खुट्टा काट भन्दा खुट्टा ताने झै भएन र?

  •  0 Reply

तपाईको प्रतिक्रिया