'आईएमई पे' र 'कान्तिपुर सिनेमाज' बीच भुक्तानी साझेदारका लागि सम्झौता

 भदौ १३, २०८० बुधबार १६:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले 'कान्तिपुर सिनेमाज' सँग 'एक्सक्लुसिभ पेमेन्ट पार्टनरशिप' को सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजकाे एप तथा वेबसाइटमा 'आईएमई पे' एकमात्र भुक्तानी साझेदारका रूपमा हुनेछ ।

'कान्तिपुर सिनेमाज' एक 'ओटीटी प्लेटफर्म' हो जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृङ्खलाहरूलाई 'स्ट्रिमिङ' सेवा प्रदान गरिन्छ । आईएमई डिजिटल सोलुशनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले याे सम्झौतामा हस्ताक्षर गर्नुभएकाे छ ।

'आईएमई पे' ले ग्राहककाे सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया