आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै

 भदौ १४, २०८० बिहीबार ७:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको विश्व संस्कृत दिवस आज मनाइँदैछ ।

२०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् । नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाण्डौमा आयोजना गरिएको छ ।

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुने काठमाण्डौ विश्व विद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले बताउनुभयो ।  प्राचीनकालमा शैक्षिक सत्रको शुरुआत पनि साउन शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले यस दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया