काठमाण्डाै महानगरपालिकामा भोलि सार्वजनिक बिदा

 भदौ १४, २०८० बिहीबार ७:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि भोलि सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सूचना निकालेर भोलि सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा आज एकै दिन परेको बताए पनि केही पालिका र सांस्कृतिक संस्थाले जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने निर्णय गरेका छन् ।

जनैपूर्णिमा र गाईजात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । काठमाण्डौ महानगरले भोलि बिदा दिएको छ । पर्सि शनिवार परेको छ । यसरी हेर्दा काठमाण्डौ महानगरपालिकाभित्र सरकारी कामकाज तीन दिन बन्द हुने भएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया