शेयर बजार झन्डै २० अङ्कले बढ्यो, साढे १० अर्ब रुपैयाँको कारोबार
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार' को सेवालाई तीन 'शिफ्ट' मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।
आज आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको 'हेलो सरकार' कक्षको निरीक्षण र अनुगमनसहित प्रधानमन्त्रीले नागरिककाे समस्या सम्बोधन गरी तीन 'शिफ्ट' को कार्यक्रम शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि गुनासो राख्न सकिनेछ । अब नेपाल टेलिकम र एनसेल दुवै माेबाइल सेवा प्रदायकका प्रयाेगकर्ताले हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । गुनासोहरू इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि टिपाउन सकिनेछ । 'हेलो सरकार' को डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी त्यसकाे जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
'हेलो सरकार' २४ सै घण्टा सञ्चालनका लागि तीन 'शिफ्ट' को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ ।
'हेलो सरकार' मा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।
गुनासोहरू सम्बोधनका निम्ति 'र्यापिड रेस्पोन्स टिम' समेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले बताउनुभयो । याे टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए/नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।
'हेलो सरकार' को २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले नागरिककाे समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shiva shrestha
Sept. 3, 2023, 5:15 p.m.Jankari ko lagi Contact garni number chai kati ho ni?