डेङ्गी सङ्क्रमणबाट वालिङमा एक जनाकाे ज्यान गयाे

 भदौ १७, २०८० आइतबार १६:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

स्याङ्जा – डेङ्गी सङ्क्रमणबाट स्याङ्जामा एक जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणबाट वालिङ नगरपालिका–१३ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङका स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गएको हप्ता वालिङकाे गह्राैँ प्राथमिक अस्पतालमा गरिएको परीक्षणमा चार जनामा डेङ्गी सङ्क्रमण देखिएकाे थियाे । उपचारका लागि आएका बिरामीहरूको रगत परीक्षण गर्दा डेङ्गी सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो । सङ्क्रमण पुष्टि भएका र उपचाररत रहेका अन्य बिरामीहरू वालिङ नगरपालिका–८ र १४ का हुन् ।

यसैबीच डेङ्गी सङ्क्रमित वालिङकी ११ महिनाकी बालिकाकाे पाल्पामा उपचारका क्रममा ज्यान गएकाे छ । वालिङ–११ गहतेकी बालिकाको उपचारका क्रममा ज्यान गएको पाल्पा जिल्ला अस्पतालले जनाएको छ । 
योसँगै स्याङ्जामा डेङ्गीका कारण ज्यान जानेको सङ्ख्या दुई पुगेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया