काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - एसिया कप क्रिकेटमा आज श्रीलङ्का र अफगानिस्तान खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
समूह ‘बी’ मा बङ्लादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अङ्ककासाथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगिसकेको छ । श्रीलङ्का १ खेलमा २ अङ्ककासाथ शीर्षस्थानमा छ । अफगानिस्तानलाई सुपर फोरमा पुग्न आजको खेलमा श्रीलङ्कालाई ठूलो अन्तरले हराउनुपर्ने हुन्छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् ।
नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । सुपर फोरका खेल भोलि बुधवारदेखि शुरु हुनेछन् । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।